
२९ साउन ।
१८ औं एशियाली खेल औपचारिक रुपमा सुरु हुन ४ दिन बाँकी छ । नेपाल सहित ४५ देशका खेलाडी जर्काता पुग्दैछन । नेपालले २९ वटा खेलमा सहभागिता जनाउँदै छ । १ सय ९० जना खेलाडी सहित २ सय ८६ जनाको टोली भदौ २ गते सुरु हुने खेलमा भदौ १ गते त्यही पुग्दैछ । यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदकको जम्बो टोली जर्काता पुग्ने लिष्टमा दर्ज छन । इतिहास फेरी दो¥हाइएको छ । चाहे त्यो प्रजातान्त्रिक व्यवस्थामा होस वा नेपालको गणतान्त्रिक युगमा । राज्यको सम्पती माथीको दुरपयोग प्रष्ट छ ।
एशियाली खेल अरु देशका लागि खेलाडी र पदाधिकारीलाई इन्डोनेसियामा आफ्नो देशको गौरवको बढाउने बिषय भए पनि नेपालका लागि भने घुमफिर र मोज मस्ती नै हो भन्ने कुरा प्रष्टिएको छ । चार चार वर्षमा आयोजना हुने खेलका लागि अन्य मुलुुकको तयारी यति धेरै हुन्छ कि त्यो हामी कल्पना बाहिर मान्छौ । तर नेपालका लागि तिन महिने प्रशिक्षण र एक दुइ हप्ताको बैदेशिक प्रशिक्षण मात्रैले पदकको आश गरेका हुन्छौ । हाम्रो विडम्वना राज्यले जहाँ लगानी गर्नु पर्ने हो त्यहाँ संधै उपेक्षा हुन्छ । जुन प्रकारको तयारी गर्नु पर्ने हो, त्यसमा खेलकुदको सर्वोच्च छाता संस्था संधै ‘फेल’ सावित भएको छ । यसकारण पनि परिषद भर्ति केन्द्र मात्रै बनाइएको छ भन्ने प्रष्ट छ ।
नेपालले सहभागिता जनाएका २९ खेल मध्ये सवैभन्दा बढी पदकको आश गरिएको भनेको नै प्याराग्लाइडिङ हो । यो खेल पहिलो पटक एशियाली खेलमा प्रवेश गराइएको हो । नेपालको यो खेलमा पहिलो सहभागिता पनि हो । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदको सम्पूर्ण ध्यान यहि खेलमा छ । प्याराग्लाइडिङले पदक ल्याउँछ अनि नाक ठाडो मार्दै नेपाल फर्किन पाइयोस । सहभागी ४५ देश मध्ये १७ देश यो खेलमा सहभागिता जनाउँदै छन । तर महँगो प्याराग्लाइडिङ खेलमा राज्यको अन्य खेलमा भन्दा यसमा लगानी शून्य नै छ । खेलाडीले प्रयोग गर्ने सबै सामाग्री उनीहरुका निजी हुन । ३ महिला सहित ४ पुरुष गरि ८ जना खेलाडी दुइ प्रशिक्षक र एक जना टिम म्यानेजर जर्काता पुगिसकेका छन ।
प्याराग्लाइडिङ खेल बाहेक अन्य खेलमा नेपालको केबल सहभागिता मात्रै हो भन्ने कुरा नेपाल ओलम्पिक कमिटीले राम्रै संग बुझेको छ । त्यही भएर अध्यक्ष जिवन राम श्रेष्ठले एशियाली खेल अनुभव बटुल्ने राम्रो थलो हो भनेका छन । अध्यक्ष श्रेष्ठले त्यसै यस्तो बोलका होइनन । उनले नेपालले एशियाली खेलमा गरेको तयारीका बारेमा राम्रै संग बुझेका छन । १८ औं एशियाली खेलमा नेपालको खस्कदो तयारीले राज्यको लगानी वालुवामा पानी हुने निश्चित भए पनि केही खेलका खेलाडीहरुले आफ्नै आत्मवलमा जितेर पदक ल्याए भने त्यो भगवान भरोसा नै मान्नु पर्छ । नेपाली खेलाडीहरु आफ्नै स्वाभिमानका लागि पनि अन्तिम सम्म खेल्ने छन त्यो नै वास्तविकता हो । नत्र अध्यक्ष जिवनरामले १८ औं एशियाली खेलमा अनुभव बटुल्दै १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले राम्रो पर्दशन गर्न हो भन्ने कुरा बोल्ने थिएनन ।
राखेप सदस्य सचिब विष्ट आफू पनि एशियाली खेलका लागि सेभ दि मिशनका रुपमा जर्काता पुग्दैछन । उनले नेपालले सहभागिता जनाएको सबै खेलमा पदक जित्ने हावादारी गफ चुटेका छन । तिन वर्ष भन्दा वढी उनी परिषदमा विराजमान छन । नेपालले यस विचमा १२ औ साग गेम्स लगाएतका खेलमा सहभागिता जनायो । तर कहिँ पनि सोचे जस्तो नतिजा आएको छैन । उनमा हावी रहेको व्यक्तिगत महत्वकाँक्षाले नेपली खेलकुदको स्तरलाई खस्केको आरोप लाग्दै आएको छ र भनिन्छ–‘विष्ट जे बोल्छ त्यो गर्दैनन’ ।
राखेप सदस्य सचिब विष्टले आफ्नो कार्यकालमा जती गर्न सक्थे त्यो गरेनन खेलकुदलाई मागी खाने भाँडो मात्रै बनाए । उनले गरेको हावादारी गफ सत्य होस नेपाली खेलप्रेमीहरुको चाहना यहि नै हो । तर के त्यो सम्भव छ त ? त्यो पक्कै सम्भव छैन । १५ दिने वैदेशिक प्रशिक्षणमा पठाएको भरमा नेपालले १८ औं एशियाली खेलमा पदक ल्याउने र नेपालीले गर्वले छाती फुल्याउने अवसर पक्कै पनि आकाश को फल हुने पक्का नै छ । जय होस १८ औं एशियाली खेलकुद । अस्तु ।