ढिकुरपोखरीमा तिज मेला संगै नगद १ लाख पुरुस्कारको फुटबल प्रतियोगिता हुने

पोखरा, २८ साउन ।
कास्की अन्नपूर्ण गाँउपालिका ढिकुरपोखरीमा नेपाली महिलाहरुको महान पर्व तिज २०७५ को अवसरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि भदौ २३ गते देखि २८ गते सम्म आयोजना हुने उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११ र दोश्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक ढिकुरपोखरी युबा संजालका अध्यक्ष शुसिल भट्टचनले जानकारी दिएका छन ।

स्थानिय माछापुच्छ्रे माविको हातामा हुने उक्त मेला सम्पन्न गर्न विकास गुरुङको संयोजकत्वमा १७ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरिएको छ । जसअनुसार मनबहादुर गुरुङको संयोजकत्वमा खेलकुद उपसमिति, राजकुमार गुरुङ(राजु)को संयोजकत्वमा अर्थ संकलन उपसमिति, त्रिलोचन पौडेलको संयोजकत्वमा खेल मैदान मर्मत उपसमिति निर्माण गरिएको छ ।

त्यसै एकनारायण पौडेलको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, संजालका अध्यक्ष शुसिल भट्टचनको संयोजकत्वमा लेखा( अनुगमन उपसमिति, जीतबहादुर थकालीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, युवराज गुरुङको संयोजकत्वमा अतिथी सत्कार उपसमिति, भोलानाथ पौडेलको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति, श्रीभद्र पौडेलको सयोजकत्वमा मिडिया परिचालन उपसमिति, तथा मीना भण्डारीको संयोजकत्वमा तीजगीत तथा सांस्कृतिक उपसमिति निर्माण गरिएको छ ।

हरि तालिका तिज मेला संगै हुन लागेको उक्त प्रतियोगिताको कुल १२ लाख १० हजार खर्च लाग्ने आयोजक संस्थाले जानकारी दिएको छ । फुटबल प्रतियोगिता संगै खुल्ला तिज गित प्रतियोगिता, रस्सा कस्सी प्रतियोगिता र छेलो हान्ने प्रतियोगिता समेत हुने मेला संयोजक गुरुङले बताए । यि सबै प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद १०, ७, ५ र ३ हजार प्रदान गरिने छ ।

समुद्र सतह देखि १ हजार ५ सय ५० मिटरमा अवस्थित ढिकुरपोखरी खेल मैदान सेमी हाई अल्टिच्युड् खेल मैदानका रुपमा बिकास गर्दै यस क्षेत्रको आन्तरिक तथा वाह्य पर्यटनको बिकासका लागि पनि यो प्रतियोगिता महत्वपूर्ण रहने क्लबका महासचिब दिल जिसी दहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close