थासाङ स्पोर्टस क्लबद्वारा शक्ति र शोभा सम्मानित

काठमाडौ, २८ साउन ।
थासाङ स्पोर्टस क्लबले भेटरान क्रिकेटर शक्ति गौचन र ब्याडमिन्टन खेलाडी शोभा गौचनलाई सम्मान गरेको छ ।

सातौं थासाङ रनिङशिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा समाजले आफ्नो समाज अन्तर्गतका दुई खेलाडीलाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले खेलाडी द्वयलाई सम्मानपत्र प्रदान गरे ।

थासाङ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन ब्यक्तिगतका खेलहरु संचालन भईरहेको छ । अन्तिम दिन भने टिम इभेन्टका खेलहरु संचालन हुने छन् ।

भाद्र १ गते सम्म संचालन हुने प्रतियोगितामा ब्यक्तिगततर्फ ५० जना खेलाडीको सहभागिता रहेको छ । टिम स्पर्धामा १३ टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close