
पोखरा, २८ साउन ।
क्विन्स् इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा यहि कत्र्तिक ९ गते बाट सुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) ले गण्डकी प्रदेशको क्रिकेट खेल बिकासका लागि महत्वपूर्ण रहने आयोजकले जनाएको छ ।
सो बारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा प्रमुख अतिथी बनाइएकी सामाजिक बिकास मन्त्रि नरदेबी पुनले समेत यस क्षेत्रको क्रिकेट बिकासमा पिपिएलको आयोजना महत्वपूर्ण रहने बताइन ।
करिब २ करोड भन्दा वढी खर्च हुने तथा ६ वटा ‘फ्रेन्चाइज बेस’ टिम रहने पिपिएलमा पोखरा क्रिकेट रंगशालामा ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट समेत निर्माण गरिने आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए । उनले एक प्रश्नको जवाफमा भने–“हाम्रो नितान्त उद्धेश्य भनेको नै क्रिकेटको बिकास संगै भौतिक पूर्वाधार बिकासका लागि हो ।”
पोखरा प्रिमियर लिग तयारीका लागि अहिले मैदानको सुधार र पिच निर्माणको कार्यलाई तिव्रता दिइएको बताउँदै प्रवन्ध निर्देशक लामाले पिच भारतिय क्युरेटरको अनुगमनमा भइरहेको समेत बताए । उनले पोखरालाई क्रिकेटको न्युट्रल भेन्यूको रुपमा बिकास गर्न सके खेल पर्यटन मार्फत नेपालले ठूलो लाभ लिन सक्ने समेत उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाली क्रिकेट राष्ट्रिय टिमका टिम कप्तान पारस खडकाले न्युजिल्याण्ड पछि पोखराको क्रिकेट मैदान विश्वकै खेलाडीलाई आर्कषित गर्ने क्षमता रहेको बताउँदै भने–“हामी सबैको इमान्दार प्रयासले क्रिकेटको बिकास सम्भव छ ।” उनले भने–“जसरी ५ वर्षमा नै नेपाललाई एक दिवशिय मान्यता दिलाउन सफल भयौं त्यसरीनै आगामी दश वर्षमा नेपालललाई टेष्ट क्रिकेट मान्यता पाउने गरि पिपिएलले थप उर्जा थप्ने विश्वास छ ।”
गण्डकी प्रदेश सांसद एवम नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष दिपक कोइरालाले प्रदेश सरकार प्रदेशलाई स्र्पोट्स हब बनाउने तयारी गरिरहेकै अवस्थामा यसमा नयाँ तरङ र उत्साह थप्न पिपिएलले सहयोग पुग्ने बताउँदै भने–“खेलकुदले आर्थिक समृद्धी संगै आउने रुपान्तरणले समाज, राष्ट्र र जनजिवनमा समेत राम्रो प्रभाव पार्छ ।”
सो अवसरमा नेपाली क्रिकेट टिमा प्रशिक्षक जगत टमटाले १० वर्षमा नेपाललाई टेष्ट मान्यता राष्ट्रको मान्यता दिने वताइए पनि सो अनुसार पूर्वाधार बिकास हुन नसकेको बताए । उनले घरेलु क्रिकेटलाई माथी उठाउन पिपिएलले ठूलो सहयोग पुग्ने बताए ।
के हो त पिपिएल ?
पोखरा प्रिमियर लिग (पिपिएल) काठमाडौको एक निजी संस्था क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालीले पोखरामा कात्र्तिक ९ देखि २० सम्म आयोजना गर्ने प्रतियोगिता हो । यो प्रतियोगिता अहिले सम्म कै ठूलो धनराशी खर्च हुने र बिजेता हुने टिमले २५ लाख भन्दा धेरै पुरुस्कार पाउने आयोजकले दावी गरेको छ ।
पोखराको एक मात्र क्रिकेट रंगशाला पोखरा रंगशाला भित्र आयोजना हुने पिपिएलमा ६ वटा ‘फ्रेन्चाइज बेस’ टिम हुने बताइ्रएको छ । ति फ्रेन्चाइज टिम पोखरा, विराटनगर, काठमाडौ, बुटबल, नेपालगंज र धनगढी हुने बताइए पनि हाल सम्म ति टिमका कम्पनीहरु को हुन भन्ने बारे स्पष्ट भइसकेको छैन न त खेलाडीहरुको अक्सननै गरिएको छ ।
प्रत्येक फ्रेन्चाइज टिमले दुइ जना स्थानिय खेलाडीलाई अनिवार्य टिममा समावेश गर्नु पर्ने संगै अधिकतम दुइजना विदेशी खेलाडी राख्न पाउने प्रावधान सहित प्रत्येक टिमले अण्डर सिक्सटिन टिम समेत तयार गर्नु पर्ने आयोजकले जनाएको छ ।
आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले भविष्यका लागि खेलाडी तयार गर्न पनि अण्डर सिक्सटीन खेलाडी उत्पादन हुनुपर्ने बताएका छन । २ करोड भन्दा वढी खर्च लाग्ने यस प्रतियोगिताको आधिकारिकताका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा (आइसिसी)मा पत्राचार भएको आयोजकले बताएको छ ।
तस्बिरः शुर्दसन रंजित