गोथिया कप खेल्न नेपाली फुटबल युवा टोली चीन तर्फ

काठमाडौं २६ साउन ।
चीनको किङदाओ सहरमा आयोजना हुने गोथिया कप फुटबलमा सहभागी हुन नेपाली युवा टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।

चिन प्रस्थान गर्ने २० सदस्यीय टोलीमा १६ खेलाडी र चार अफिसियल छन् । सुरजित दत्तको नेतृत्वमा चीन गएको नेपाली टोलीका खेलाडीमा आभास महर्जन, श्रीजेस कार्की, शुलभ ढंगाना, रिशभ खनाल, विराज लामिछाने, मञ्जिल श्रेष्ठ, दीक्षान्त भट्ट, प्रवुद्धमान तुलाधर, प्रिन्स थपलिया, रस कार्की, ग्रीष्मा राणा, सुप्रवल कर्माचार्य, अनुकरण बालक, रित्ता दत्त, योग जोशी र शीर्षक राणा छन् । यसैगरी प्रशिक्षकमा प्रज्वलप्रताप क्षत्री र अफिसियलमा विजय महर्जन र गौतम हर्जा छन् ।

चिनमा नेपाली टोलीले यू–१६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । यू–१६ समूहमा एक सय ९० टिमले प्रतिष्प्रर्धा गर्दैछन् । नेपाली टोलीको मुख्य लक्ष्य समूह चरण पार गर्दै दोस्रो चरणमा पुग्नु रहेको टोलीका प्रशिक्षक प्रज्वलप्रताप क्षत्रीले बताए ।

गोथिया कप युवा संलग्न विश्वको सबैभन्दा ठूलो प्रतियोगिता भएको बताइएको छ । सन् १९७५ मा सुरु भएको यो प्रतियोगितामा हरेक वर्ष ८० राष्ट्रका एक हजार सात सय टोलीले प्रतिस्पर्धा गर्ने गरेको छ । हरेक वर्ष एक सय १० वटा मैदानमा ४ हजार ५ सयभन्दा बढी खेलहरु सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close