
साउन २६,पोखरा ।
विकास गुरुङ्ग र धरम बहादुर लामिछानेको जोडीले मनसुन कप पोखरा भेट्रान ओपन टेनिस प्रतियोगिताको उपाधी जितेको छ ।
कास्की जिल्ला टेनिस संघद्धारा आयोजित प्रतियोगिताको शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै विकास जोडीले सो उपाधी आफ््नों नाममा गराएको हो ।
प्रतियोगिताका बिजेता तथा उपबिजेता खेलाडीहरुले ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त गरे । कास्की जिल्ला टेनिस संघका सल्लाहकार समिर शेरचन, बसन्त प्रधान, डाँडानाक प्रहरी चौकीका प्रमुख विष्ण बारसिंह खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।
आयोजक संघका सदस्य नविन चालिसेले कार्यक्रम सञ्चालन तथा कोषाध्यक्ष राजु गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । पाँचदिन सम्म चलेको प्रतियोगितामा पोखराका १८ जोडीले भाग लिएका थिए ।