मोर्डन पेन्टाथलनको अध्यक्षमा पुनः श्रेष्ठ

काठमाडौ, २५ साउन ।
मोर्डन पेन्टाथलन फेडेरेसन नेपालको पहिलो साधारण सभाले राजेन्द्र श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध निर्वाचित गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा बालचन्द्र रानाभाट, उपाध्यक्षमा अरुणप्रकाश श्रेष्ठ, सकुन्तला नगरकोटी, भगवती विष्ट, राजु दर्शन र गोपाल न्योपाने, महासचिवमा यादव बस्नेत, उपमहासचिवमा इन्दिरा निरौला, सचिवमा यदुकुमार बस्नेत र ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राकेशमान कर्माचार्य तथा सह–कोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ रहेका छन् ।

त्यस्तै कार्यसमितीको सदस्यमा धावा रुम्बा, रचना ताखेमरु, मुकुन्दहरि श्रेष्ठ, रितेश श्रेष्ठ, महेश श्रेष्ठ, सुन्दर प्रजापति र राजेश श्रेष्ठ चयन भए ।

साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए भने नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सांसद जीवनराम श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close