ब्याडमिन्टनमा अरुण र भूमिको जोडिलाई सफलता

काठमाडौं, २५ साउन ।
अरुण बलामी र भूमि चौधरीको जोडीले दोश्रो खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबलमा बिजयी शुरुवात गरेका छन् ।

काठमाडौं टिकाथली इन्टर ब्याडमिन्टन सेन्टरमा भएको खेलमा अरुण र भूमिले रमेश चालिसे र हरि श्रेष्ठको जोडिलाई २१–१३ र २१–९ को सोझो सेटमा हराए । सेन्चुरी कमर्सियल बैंकको प्रायोजनमा भएको पुरुष खुलातर्फ कमल श्रेष्ठ र सन्जिब कटुवालको जोडीले शुशिल पौडेल र रन्जन खड्का जुडिलाई २१–१८ र २१–१९ को सोझो सेटमा हराए ।

पुरुष खुलातफ नै सुमन पोखरेल र भगत रानाभाट जोडि, सुवाष उलक र कृष्ण टेन्डे,आर्दश बिष्ट र रमेश हुमागाँईको जोडि र सरद राना र रमेश भट्राईको जोडिले जित निकालेका छन् ।

पुरुष भेट्रानतर्फ अर्जन थापा र रामहरी पोखरेलको जोडि,मोहन खत्री र किरण चौधरीको जोडि,मदुसुदन खत्री र पुष्कर खड्काको जोडि,दिपक पौडेल,प्रदिप पराजुलीको जोडि र सरणकुमार मोत्तान र इन्द्रवहादुर श्रेष्ठको जोडिले पनि बिजयी शुरुवात गरेका छन् ।

लिगका आधारमा संचालन भएको प्रतियोगितामा खुला पुरुषतर्फ ११ जोडि र भेट्रानतर्फ १० जोडिले सहभागिता जनाएका छन् । प्रतियोगिताको सेमिफाईनलमा पहिलो स्थान रहनेले चौथो स्थान सग र दोश्रो स्थानमा रहने जोडिले तेश्रो स्थानको जोडि सग खेल्ने छन् । प्रतियोगिता २ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close