शेखकमल स्मृति अन्तर्राष्ट्रिय कराँतेमा जेमिनले स्वर्ण जिते

काठमाडौ, २४ साउन ।
बंगलादेशको ढाकामा सम्पन्न शेख कमल स्मृति अन्तर्राष्ट्रिय मार्शल आर्ट च्याम्पियनसिप अन्तर्गत करातेमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ । अगष्ठ ५ देखि ८ सम्म ढाकामा भएको प्रतियोगितामा नेपाली कराते टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीमार्फत प्रतियोगिता खेल्न पुगेका नेपाली टोलीका सदस्यमध्ये ६५ केजी तौलसमूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए । उनले बंगलादेशी खेलाडीलाई पराजित गरी स्वर्ण सुरक्षित गरेका थिए ।

त्यस्तै प्रतियोगिता अन्तर्गत ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भूजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामाले रजत पदक जितेका थिए । नेपाली टिमको नेतृत्व शहदेव राजवंशी र प्रशिक्षकमा ऋषि लामा र टिम व्यवस्थापकमा सोम दोङ र नरेन्द्र प्रसाद सुकुमटु पनि बंगलादेश गएका थिए ।

पदक विजेता नेपाली टोलीलाई बिहीबार मदन भण्डारी स्पोर्ट एकेडेमीका सचिव एवम् मार्शल आर्ट बिभाग प्रमुख ओम प्रसाईं, आईडब्ल्यू एफएम कराते डो संघका महासचिव उपेन्द्रकुमार शाही, सदस्य मंगल शाही तथा सोही संघका भक्तपुर जिल्ला अध्यक्ष नकुल रानामगर र खेलाडीका परिवारजनले त्रिभूवन विमानस्थलमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close