
पोखरा, २४ साउन ।
कास्की जिल्ला बोडी विल्डीङ्ग तथा फिटनेश संघको आयोजनामा पोखरामा शुक्रबार बाट सुरु हुने चौथो मिष्टर माछापुच्छ्रे तथा प्रथम महिला फिजिक फिटनेस प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ ।
सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस पटकको प्रतियोगिता प्रदेश गण्डकी र प्रदेश नं ५ स्तरिय हुने र १० जना महिलासहित करिब १ सय जना खेलाडीले सहभागिता जनाउने संघका सचिब उमेश सिकेले बताए ।
करिब ७ लाख ५० हजार खर्च लाग्ने उक्त प्रतियोगितामा विजेताले मिष्टर माछापुच्छ्रेको उपाधी सहित नगद ५० हजार प्राप्त गर्नेछ । यसै गरि सोही उपाधी अन्र्तगत दोश्रो, तेश्रो, चौथो, पाँचौ र छैटौं सम्म हुनेले क्रमश २०, १५, १२, १० र ८ हजार प्राप्त गर्ने छन ।
५५ केजी तौल समुह देखि ७५ केजी तौल समुह भन्दा माथीका गरि कुल ६ वटा तौल समुहमा दोश्रो र तेश्रो हुनेलाई क्रमश ६ र ४ हजार प्रदान गरिने छ भने महिला तर्फ प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १०, ८ र ५ हजार प्रदान गरिने संघले जनाएको छ ।