बैदेशिक प्रशिक्षणका लागि लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाडौं, २३ साउन ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसंग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।

पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन् । संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् । संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइ रहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ ।

लनटेनिसमा नेपालले १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएन । चीनको ग्वान्झाव एसियाड देखि भने नेपालको सहभागिता पुनः निरन्तर छ ।

लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ । एसियाड अन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष समेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारै बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close