नेपाली जुडो टिम हङ्गेरीका लागि प्रस्थान

काठमाडौ, २३ साउन ।
१८ औं एशियाली खेलकुदका तयारीका लागि नेपाली जुडो टिम वुडापेष्ट हङ्गेरीका लागि प्रस्थान गरेको छ ।
त्यस तर्फ प्रस्थान गर्नु अघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम साँसद जिवनराम श्रेष्ठले एक कार्यक्रमका विच जुडो टिमलाई विदाई गरेका थिए ।

एशियाडमा जुडो खेल २७ अगस्तमा आयोजना हुने भएकोले करिब दुइ साता भन्दा वढी उनीहरु हङ्गेरीमानै प्रशिक्षण लिने छन ।

हङ्गेरी प्रस्थान गर्ने खेलाडीमा इन्द्र बहादुर श्रेष्ठ, रविन श्रेष्ठ, संजित डंगोल, श्रीराम माकाजु, देवका खड्का, मनिता श्रेष्ठ प्रधान, पुनम श्रेष्ठ छन भने प्रशिक्षकमा चन्द्र कुमार डंगोल, एलिरेका डान र अफिसियलमा सुरज काजी डोटेल रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close