“पदकको लक्ष्यका साथ इण्डोनेशिया आउँदैछौ”–सदस्य सचिब विष्ट

पोखरा, २३ साउन ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब विष्टले १८ औं यशियाली खेलकुदमा पदकको लक्ष्यका साथ इण्डोनेशिया पुग्ने बताएका छन ।

नेपालका तर्फ बाट सेभ दि मिसनको जिम्मेबारी समेत सम्हालेका सदस्य सचिब विष्ट यशियाली खेलकुदका लागि अन्तिम तयारीका लागि दुइ दिने ‘डेलिगेशन रेजिष्ट्रेशन मिटिङ’ (डिआरएम) बैठकमा जर्काता पुगेका उनले नेपाल बाट सहभागिता जनाउने सबै खेलाडीको टुँगो लागेको बताएका छन ।

पोखरास्र्पोट्स डटकम संगको टेलिफोन कुराकानीमा सदस्य सचिब विष्ट यशियाली खेलमा नेपाली खेलाडी नयाँ उत्साहका साथ पुग्ने बताए । उनले भने–“हाम्रा खेलाडीको अन्तिम ध्येय भनेको नै पदक हो त्यसको लागि हाम्रा खेलाडीले अथक मेहनत गरेका छन ।”

१८ औं एशियाडका लागि हाम्रो विशेष तयारी बताउँदै सदस्य सचिब विष्टले यस पटक विगतको भन्दा खेलाडीहरुले राम्रो प्रशिक्षण लिइरहेको र संघहरुले भने जस्तै गरि प्राय सबै खेलाडीलाई बैदेशिक प्रशिक्षणमा समेत पठाइएको बताए ।

नेपाल बाट १८ औं यशियाली खेलमा १ सय ९० जना खेलाडीले विभिन्न २९ खेलमा पदकका लागि भिड्ने छन भने अन्य सहभागि समेत गरि कुल २ सय ७५ जना एशियाली खेलका लागि इण्डोनेशिया पुग्ने सदस्य सचिब विष्टले जानकारी दिएका छन ।

बैठक सकेर सदस्य सचिब विष्ट विहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close