
पोखरा, २३ साउन
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च वैधानिक बनेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार दर्ता गरिएको मञ्चको दर्ता नम्बर ३९५४ हो । केशव पाठकको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्ष दीननाथ बराल, महासचिव रञ्जन अधिकारी, सचिव अर्जुन गिरी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, सुरज श्रेष्ठ, नारायण शाही, गीता राना, उमा आले र सुरेन सुशील छन् ।
विधान मस्यौदा समिति तथा दर्ताका लागि संयोजक विजय नेपाल रहेको समितिको सदस्यमा केशव पाठक र रञ्जन अधिकारी सदस्य थिए ।
मञ्चले अब गण्डकी प्रदेशमा स्थानीय अधिकारीको स्वीकृति लिई जिल्ला स्तरीय शाखा तथा समन्वय शाखा कार्यालय समेत खोल्न सक्नेछ । विधानमा कार्यसमितिको कार्यकाल ३ वर्ष उल्लेख छ ।
खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन गरिएको थियो । मञ्चमा झण्डै ६० जना पत्रकार आबद्ध छन् । मञ्चले तेस्रो संस्करणको पोखरा स्पोर्टस् अवार्ड सम्पन्न गरिसकेको छ ।
संघ दर्ता भएपछि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले नग गठित कार्य समितीलाई वधाइ दिएका छन । यसरी वधाइ दिनेमा नेपाल खेलकुद पत्रकार मंचका केन्द्रिय अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमिल्सिना, पूर्व अध्यक्ष निरन्र्जन राजवंशीले खेलकुद पत्रकार मंच गण्डकीको गठनले खेलकुद पत्रकारितामा थप फड्को मार्ने निश्चित भएको वताए ।