
पोखरा, २३ साउन ।
इण्डोनेशियाको जर्कातामा आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीले विदाई गरेको छ ।
इण्डोनेशियाका लागि प्रस्थान गर्नु अघि नेपाली टिमलाई सांसद एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विदाई गरेका थिए । सो अबसरमा ओलम्पिक कमिटीका सदस्य अशोक बज्राचार्य, निलेन्द्र श्रेष्ठ र सुनिल कुमार श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।
नेपाली प्याराग्लाइडिङ टिम एक साता अघिनै इण्डोनेशिया प्रस्थान गर्न लागेको ओलम्पिक कमिटीले जनाएको छ । नेपाली प्याराग्लाइडिङ टिमले त्यहाँको हावाको चापका बारेमा अभ्यस्त हुन जान लागेको बताइएको छ । उनीहरुले इण्डोनेशियको बातुडा भन्ने स्थानमा एक साता प्रशिक्षणमा व्यस्त रहने छन ।
यस अघि सन २०१६ को प्रि वल्र्ड कप र २०१७ को इण्डोनेशियाको बातुडा, सुमेदाङमा र भारतको पुनेमा २०१८ मा सम्पन्न क्रस कन्ट्री टिम इभेन्टमा नेपाली टिमले जितको रेकर्ड राखेको छ भने सन २०१८ मा चिनको लिनझ्याउमा सम्पन्न प्रि वल्र्ड कपमा इन्डिभिजुअल क्रस कन्ट्रीमा काश्य पदक जितेको इतिहास छ ।
प्याराग्लाइडिङ टोलीलाई जितको शुभकामना दिंदै अध्यक्ष श्रेष्ठले नेपालको यो सहभागिताले नेपालमा प्याराग्लाइडिङ खेलको बिकासमा थप सहयोग पुग्ने बताए । प्याराग्लाइडिङ खेल आगामी भदौ २ देखि १४ गतेसम्म हुँदैछ । एसियन गेम्समा प्याराग्लाइडिङबाट स्वर्ण पदकको आशा गरिएको छ । एशियाली खेलमा प्याराग्लाईडिङ खेलमा पहिलो पटक सहभागीता जनाउनेमा नेपालका ५ जना पुरुष र ३ जना महिला खेलाडीहरु गरि कुल ८ जना रहेका छन ।
नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका शतप्रतिशत खेलाडीहरु कास्की हुन । टिममा कान्छा उमेरका १६ वर्षिय खेलाडी युकेश गुरुङ पनि छन । नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका लागि भिड्ने छन ।
प्रस्थान गर्ने खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान) बिशाल थापा, शुसिल गुरुङ, युकेश गुरुङ, बिजय गौतम र महिला खेलाडीहरुमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन । टिम संग प्रशिक्षक योगश भट्टराई पनि संगै प्रस्थान गर्दैछन ।
इण्डोनिशयाको राजधानी जर्काता बाट २ सय किलोमिटर टाढा पुनचाक् भन्ने स्थानमा प्याराग्लाइडिङ खेल अगस्त १६ देखि ३० सम्म आयोजना हुँदैछ ।