तेक्वान्दो राष्ट्रिय टिमलाई इन्टाद्वारा प्रायोजन

पोखरा, २२ साउन ।
इन्टरनेसनल नेप्लिइज तेक्वान्दो एसोसिएसन (इन्टा) ले नेपाली राष्ट्रिय तेक्वान्दो टिमलाई प्रायोजन गरेका छन् । इन्डोनेसिया हुने १८ औँ एसियन गेम्सको तयारीमा रहेका तेक्वान्दो खेलाडीलाई इन्टाले २ लाख बराबरको ट्रयाक सुट प्रायोजन गरेको राष्ट्रिय टिमका प्रशिक्षक दीपक विष्टले जानकारी दिए ।

इन्टाको अध्यक्षमा ओलम्पियन सिओल ओलम्पिकका कांस्य विजेता विधान लामा, उपाध्यक्षमा एसियाडमा हालसम्म एकमात्र रजत पदक विजेता सविता राजभण्डारी, सपना मल्ल, आठौँ सागका स्वर्ण पदक विजेता कमल क्षत्री र पूर्वराष्ट्रिय खेलाडी अच्युत बास्कोटा, महासचिवमा ओलम्पियन नारायण गुरुङ, सहमहासचिवमा नवौँ सागका स्वर्ण पदक विजेता निर्मल श्रेष्ठ, बैंकक एसियाडका कांस्य र आठौँ सागका स्वर्ण विजेता किशोर श्रेष्ठ कोषाध्यक्षमा छन् ।

एसियाड र सागको पदक विजेता रितु जिमी राई, नवौँ सागका पदक विजेता निरञ्जन श्रेष्ठ, सागकी पदक बन्दना श्रेष्ठ, पासाङ लामा, कल्पना क्षेत्री, पुष्प थापामगर, विमा राई इन्टाको सदस्यमा छन् । लामोसमय नेपाली तेक्वान्दोको राष्ट्रिय टिममा खेलेका पूर्वखेलाडीहरुको संस्था इन्टाले नेपाली तेक्वान्दो खेलाडीको प्रोत्साहनका लागि विभिन्न समयमा सहयोग गर्दै आइरहेको ओलम्पियन विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close