पोखरेली मंच युकेले पोखरा म्याराथनका लागि सहकार्य गर्ने

पोखरा, २१ साउन ।
नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने भएको छ । मंचले मंगलबार एक कार्यक्रम आयोजना गरी पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङलाई स्वागत गरेको छ ।

सो अवसरमा समाजसेवी तथा शिक्षासेवी महेश गुरुङले खेलाडी मंचले आयोजना गर्ने पोखरा म्याराथनलाई भव्य रुपमा सम्पन्न गर्न पोखरेली मंच यूकेले सहकार्य गर्ने बताएका छन । उनले पोखरा म्याराथनलाई पोखराको सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने धारणा अघि सार्दै भने–“म्याराथनमा यूके बाट खेलाडीहरुको सहभागिता मात्रै होइन पुरुस्कार राशीलाई अझै आर्कषक बनाउन सहयोग रहनेछ ।”

पोखरा म्याराथनमा पोखरेलीको उत्साहजनक सहभागिता र सर्मथनले देश विदेशमा बस्ने सबैलाई हौसाएकोले पोखरेली मंचले खेलाडी मंचलाई सहयोग गर्नु पर्ने तर्फ सोच बनाएको सल्लाहाकार गुरुङले बताए । उनले पोखरेली मंचका अध्यक्ष मान गुरुङको भनाईलाई उद्धृत गर्दै म्याराथनलाई सुदृढ र वृहद बनाउन यस वर्ष देखि खेलाडी मंचलाइ सक्दो सहयोग गर्ने समेत बताएका छन ।

सो अबसरमा यूके पोखरेली मंचका सल्लाहाकार लोक बहादुर गुरुङले पोखरा म्याराथनलाई पोखरेली मंचले सहयोग गर्ने मात्र नभई समाज सेवा र खेलकुदमा लामो समय देखि कार्य गरिरहेकोले भूतपूर्व खेलाडी मंचको अजिवन सदस्यता यूकेमा विस्तार गर्ने बताए ।

भूतपूर्व खेलाडी मंचको पूर्व कोषाध्यक्ष र अजिवन सदस्य रहेका लोक गुरुङले पोखरेली मंचका अध्यक्ष मान गुरुङको संयोजकत्वमा गठन हुने भूतपूर्व खेलाडी मंच यूकेले सदस्यता विस्तारका लागि पहल गरिने जानकारी समेत दिए ।

पोखरेली मंच युकेका कोषाध्यक्ष र मंचका अजिवन सदस्य कमल गुरुङले भूतपूर्व खेलाडी मंच यूकेको विस्तार पश्चात पोखरा म्याराथन लगाएत अन्य सामाजिक कार्यमा ठूलो सहयोग पुग्ने बताएका छन ।

पोखरेली मंच यूकेले आफ्नो स्थापनाको छोटो समयमा नै २०–२० क्रिकेट, हाइकिङ, सेमीनार लगाएत अन्य रचनात्मक समाज सेवाका कामहरु गरिरहेको छ ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मंचका प्रथम उपाध्यक्ष हरि पराजुली, महासचिब खेम गुरुङ लगएतले हालै पोखरा आएका पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक गुरुङलाई स्वागत गरेका थिए । मंचले हरेक वर्ष फागुन ७ मा पोखरा म्याराथन आयोजना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close