
काठमाडौं,२१ साउन ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन् । सदस्य–सचिव विष्ट एसियाडमा सहभागी हुने नेपाली टोलीको सेभ दि मिसन रहेका छन् ।
अगष्ट ७ तारिखमा जकार्तामा हुने सेभ दि मिसनको बैठकमा सहभागी हुन सदस्य–सचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सदस्य–सचिव विष्टसंगै नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठ पनि इन्डोनेसिया प्रस्थान गरेका छन् । भदौ २ गतेदेखि सुरु हुने एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउदै छ ।