“जिवन खेलकुदमा सर्मपित गर्न चाहन्छु” –सम्पन्न श्रेष्ठ

केशब पाठक,
पोखरा, २१ साउन ।
सम्पन्न श्रेष्ठ एक युबा धेरै नै जोश जाँगर छ उनीमा । खेल क्षेत्र बाटै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको सदस्यमा नियुक्ती भएको ३ वर्ष कट्यो । समितीका अध्यक्ष खगराज पौडेल बिदेशमा अध्ययनका लागि हिँडे पछि १६ जिल्लाको नेतृत्व गर्ने समितीको कार्यवाहक अध्यक्षमा पौडेलले सम्पन्न लाई जिम्मेवारी दिए ।

खेल र खेलाडी मरिहत्ते गर्ने सम्पन्न नयाँ जिम्मेवारी संगै केही नयाँ गर्ने जोशमा छन उनी । खेलकुद बाहिर बाट सरसर्ती हेर्दा जस्तो छ भित्र त्यस्तो छैन । यहाँ जिम्मेवारी सम्हाल्नु फलामको च्यूरा चपाउनु सरहनै हो । तर सम्पन्नमा एउटा अदम्य शाहस देख्न पाइन्छ । सम्पन्न आफूलाई कुनै त्यस्तो भोक छैन र उनमा एक मात्र अठोट छ पश्चिमाञ्चलको खेलकुद पूर्वाधार बिकासको ।

बागलुङ स्थायी घर भएका ३४ वर्षिय सम्पन्न खेलाडीको सपना साकार गर्नु आफ्नो कत्र्तब्य सम्झन्छन । “खेलकुदमा जे हुनु पर्छ, बन्नु पर्छ त्यो खेलाडीको लागि नै हो” उनको सोझो भनाई छ । आफू संधै खेलाडीका बिचमा रमाउन चाहने सम्पन्न उनीहरु संग पनि सुझाबको अपेक्षा गरिरहेका नै हुन्छन । “खेलाडी बाँचे पो खेलकुद बाँच्छ अनि राष्ट्रले चाहेको आकाक्षाँ पुरा हुन्छ” उनी भन्छन । आपूm कुनै बेला सितेरियो किक बक्सिङका दुइ पटक राष्ट्रिय च्याम्पियन भएका ति दिन हरुको उनको मनमा ताजै छन । आफ्ना ति कठिन घडी जस्तै खेलाडीले अहिले पनि उत्तिकै समस्या भोगिरहेकोमा उनको तिव्र आक्रोस छ ।

खेलाडीलाई राज्यले उपलव्ध गराउने सुबिधामा पनि सम्पन्नको मन मानेको देखिदैन । उनी यसमा करिब करिब रुष्ट नै छन । खेलकुदका नाममा खर्च हुने रकमको सहि सदुपयोग र आपूmले पाएको ज्ञान सबैले पाओस उनको त्यो अभिलाषा घाम जत्तिकै छर्लङ्ग छ । खेलकुदका अहिलेका पूर्वाधारको तड्कारो लाई उनले राम्रै संग बुझेका छन । तर राज्यको आँखा समयमा पुग्न नसक्नु र भए पनि काममा हुने ढिला सुष्ति प्रती उनको रुखो ब्यबहार छँदैछ ।

राजनितीमा समेत चासो राख्ने सम्पन्न खेलकुदमा भने राजनितीलाई टाढा राख्न चान्छन । उनी स्पष्ट भन्छन “खेलकुद भित्र छिर्दा राजनितीक चस्मा फुकालेर आउ ।” उनको यो ब्यबहारले नै खेलकुदमा धेरै मित्र कमाएका छन । हाम्रो समाजमा प्राय खेलाडीमा नेतृत्व क्षमताको अभाव देखिन्छ । उनीहरुलाई त्यो बिकास गराएको देखिदैन । तर सम्पन्न भित्रको त्यो गुण भने प्रष्ट झलकन्छ । आपूm भित्र रहेको त्यो गुणलाई सबै खेलाडीलाई बाँड्न चान्छन पनि ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको कार्यवाहक सम्हालेको त्यती समय भएको छैन । तर छोटो समयमा पनि चर्चामा आउन थालेका सम्पन्न खेलकुद पूर्वाधार बिकासको गतिमा छलाङ मार्न चान्छन । “होइन अब त केही गर्नु छ, केही गर्नु प¥यो” उनले हरेकलाई सुनाउने मन्त्र यहि नै हो । १३ औ दक्षिण एशियाली खेलकुदका लागि पोखरा रंगशाला भित्रका पूर्वाधारहरु छिटो निर्माण होस भन्ने उनको तिब्र चाहना छ । तर हरेक पटक उपल्ला निकाय बाट हुने गरेका ढिला सुष्ति देखेर उनी आजित बन्छन । काम भन्दा बढी कागजपत्र मिलान अनि एउटै कामका लागि केन्द्र धाउने परम्परा अनि चाकडी गर्नु पर्ने ब्यथा बाट उनी पनि उम्कन सकेका छैनन ।

सम्पन्नले २०५० सालमा धवलागिरी अञ्चलको सदरमुकाम बागलुङ बाट खेलजिवन सुरु गरेको पनि २५ वर्ष भइसक्यो । खेलमा कहिले आफै सहभागिता जनाएर त कहिले खेलाडी लिएर जाँदा पनि ११ देश भ्रमण गरिसकेका छन । उनी सानै उमेरमा पनि नेपाल कम्युनिष्ट पार्टीको बागलुङ जिल्ला कमिटी सदस्य, यूवा संघको केन्द्रिय सदस्य, नेपाल मोआथाइ संघको केन्द्रिय कोषाध्यक्ष, माउन्ट एभरेष्ट अल्ट्रा म्याराथन एशोसियसनको केन्द्रिय उपाध्यक्ष जस्ता महत्वपूर्ण जिम्मेबारी समेत बहन गरिरहेका छन ।

नेपालमा के पनि भनिन्छ भने– “खेलकुदमा कसरी हुन्छ पद पडकाउ सकेको लुट अनि जाउ” तर सम्पन्नमा त्यो किंचित पनि देखिदैन । उनी भन्छन “जिबनको अन्तिम घडी सम्म पनि खेलकुदमा सर्मपित हुनेछु चाहे त्यो पदमा रहँदा होस वा नहोस” । सम्पन्न जस्ता यूवाले पालेको उत्कट अभिलाषा बोक्ने सायद कमै हुन्छन खेलकुदमा । उनले खेलकुदमा देखेको सपना अनि कोर्दै गरेका गोरेटाहरु पक्कै पनि एक दिन नेपाली खेलकुदले परिवर्तनको बाटो समाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close