
काठमाडौ, २१ साउन ।
इण्डोनेशियामा आयोजना हुने आसन्न १८ औं एशियाली खेलकुदमा नेपालको तर्फ बाट सहभागी हुन जाने नेपाली कुस्ती खेलाडीहरु १० दिने विशेष प्रशिक्षणका लागि भारत तर्फ प्रस्थान गरेका छन ।
एशियाडमा सहभागी तीन खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहितको टोलीलाई नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारीले बिदाई गरे ।
नेपाली कुस्ती खेलाडीहरुले भारत उत्तर प्रदेश स्थित नन्दनी नगर स्र्पोट्स कम्लेक्समा प्रशिक्षण लिने नेपाल ओलोम्पिक कमिटीले जनाएको छ । कुस्तीको पाँच सदस्यिय टोली महेन्द्रनगर बाट आज त्यस तर्फ प्रस्थान गरेको हो ।
नेपाली कुस्ती खेलाडीहरुले भा भारतका ओलम्पियन खेलाडीसँग प्रशिक्षण गर्नेछन् । १८ औं एशियालीमा नेपालको प्रतिनिधित्व गर्ने तिनजना पुरुष खेलाडी मध्ये ६५ केजी फ्रि स्टाइलमा सरोज यादव, फ्रि स्टाइलको ५७ केजीमा भगवती शाह तेली र फ्रि स्टाइल क्याटोगरीको ७४ केजीमा शुरेस चुनारा रहेका छन ।
खेलाडी संग एक टिम म्यानेजर र एक जना प्रशिक्षक पनि खेलाडी संगै भारत प्रस्थान गरेका छन । अगष्ट १५ मा नेपाली टोली काठमाडौं फर्कनेछ भने त्यसपछि इण्डोनेशिया प्रस्थान गर्नेछ ।