पोखरामा खुल्ला पुरुष बिच भलिबल हुँदै, तयारी तिब्र

पोखरा, २१ साउन ।
पोखरामा “प्रथम खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता २०७५” हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने बिच भलिबलका लागि तयारी तिब्र पारिएको आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

पोखरा फेवातालको किनार बाराही घाटमा यहि भदौ १ देखि ३ गते सम्म आयोजनामा प्रतियोगितामा २५ टिम भन्दा बढीको सहभागिता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमलाई नगद क्रमश नगद ३० र २० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा टिम दर्ताका लागि साउन ३० गते सम्म समय तोकिएको छ ।

पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्न तथा बिच भलिबलका खेलाडी उत्पादनलाई समेत मध्येनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पराजुलीले बताए । कुल ४ लाख ८५ हजार खर्च लाग्ने प्रतियोगितालाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ लगाएतका संघ संस्थाहरुले सहयोग गर्ने भएका छन भने प्रतियोगिताको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा समेत पोखरामा बिच भलिबलका तयारी भइरहेको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले बताए । “हामीलाई १३ औं सागका लागि तयारी गर्नु पर्ने अवस्था छ र यो प्रतियोगिताले त्यसका लागि सहयोग पुग्ने छ” अध्यक्ष गुरुङले भने ।
फोटोः सुदर्शन रंजित
फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close