
कृष्ण अन्जान ज्ञवाली
पोखरा २० साउन ।
पोखरा क्षेत्रकै वैकल्पीक खेल मैदानको रुपमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ को गोस्तेघाटमा खेलमैदानको निर्माण कार्य जारि रहेको छ ।
सेति नदिकोे किनारमा रहेको करिव १ सय २८ रोपनी सार्वजनिक जग्गा मध्ये ६८ रोपनि जग्गामा खेल मैदानको निर्माण कार्य भइ रहेको गोस्तेघाट खेल मैदानका अध्यक्ष सुरेन्द्रमान शिंह भण्डारीले वताए ।
आर्थिक वर्ष २०७०–०७१ को वार्षिक बजेट विनियोजन तथा राष्ट्रिय योजना आयोगको रातो किताबमा समावेश यस परियोजनाका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मार्फत हाल सम्म १ करोड प्राप्त भइसकेको छ ।
यसै गरि निर्वाचन क्षेत्र विकास पुर्वाधार विकास कार्यक्रम मार्फत १५ लाख तथा पोखरा महानगरपालिका स्थानिय श्रोत साधन मार्फत २५ लाख गरी हाल सम्म १ करोड ४० लाख लगानी भइ पुर्वाधार निर्माण कार्य भइरहेका अध्यक्ष भण्डारीले जानकारी दिए ।
उक्त मैदानलाई १३ औ सागको प्रशिक्षण मैदानका रुपमा स्त्तरन्नोती गर्ने भन्दै यो वर्ष युवा तथा खेलकुद मन्त्रालय वाट ५० लाख बजेट विनियोजन भएको कास्की जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम वहादुर गुरुङले बताए ।
खेल मैदान सेती नदिको किनारमा रहेकाले उक्त खेल मैदान तथा स्थानिय गोस्तेघाट क्षेत्र संरक्षण तथा सेती नदि नियन्त्रणका लागी जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखराको सहयोगमा कारिव ६० लाखको लागतमा ग्याविन जालि भर्ने काम पनि भइसकेको छ भने खेल मैदान सम्म पुग्ने पक्कि वाटो पनि निर्माण भएको छ ।
खेल मैदानका लागी आवश्यक ढल, फुटट्रयाक, मैदानमा दुवो राखि उमार्ने कार्य, गोल पोष्ट, २ सय २० मिटर कम्पाउण्ड जाली, मैदानको उत्तर तर्फ प्यारापिट, रिटर्निङ्गं वाल लगाएतका कार्य सम्पन्न भइसकेका छन ।
मुख्यतया कास्की जिल्लामा विभिन्न क्षेत्रमा खेलकुदको विकास संगै दक्ष खेलाडि उत्पादन गर्ने निति अनुरुप यो खेल मैदानको पुर्वाधार निर्माण भइरहेको जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले वताए ।
सेती दनी किनारमा रहेको गोस्ते घाट खेल मैदान निर्माणको शुरुवाती चरणमा यसमा लगानी वालुवामा पानी हुने हो कि भन्ने आशंका गरिए पनि पुर्वाधार निर्माण संगै यो खेल मैदान अन्तराष्ट्रिय स्तरका खेलहरु खेलाउन सकिने गरि निर्माण भएको र महानगरको वैकल्पीक खेल मैदान वन्ने कुरा निश्चीत भएको छ ।