ओलोम्पिक अध्यक्ष जिवनरामले गरे डा. प्रधानलाई बिदाई

काठमाडौ, २० साउन ।
नेपाल ओलोम्पिक कमिटीका अध्यक्ष एवम प्रतिनिधी सभा सांसद जिबनराम श्रेष्ठले नेपालको प्रतिनिधीत्व गर्दै १८ औं एशियाली खेलकुदका लागि इण्डोनेशिया जान लागेका डा. नविशमान सिंह प्रधानलाई बिदाई गरेका छन ।

इण्डोनेशयिमा आयोजना हुने १८ औं एशियाली खेलकुदका लागि डा. प्रधानले डोपिङ कन्ट्रोल अफिसरका रुपमा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन । डा. प्रधान नेपाल बाट पहिलो पटक उक्त कार्यका लागि आयोजकका तर्फ बाट छनौट भएका हुन ।

खेलमा सहभागी खेलाडीले आफू जित्नका अवैध औषधीहरु प्रयोग भयो कि भएन भनेर जाँच्ने संस्था वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) को सन २०१३ मा सम्पन्न प्रशिक्षण बाट उत्र्तिण भएका डा. प्रधानलाई दक्षिण एशियाकै तर्फ बाट १८ औं एशियाली खेलकुदको आयोजक कमिटीले डोपिङ अफिसरका रुपमा बोलाइएका एक मात्र चिकित्सक समेत हुन ।

डा. प्रधानले यस अघि सन २०१३ नानजिङमा सम्पन्न यूथ एशियन गेम्समा नेपालको प्रतिनिधत्व गर्दै डोपिङ कन्ट्रोल अफिसरको भूमिका निर्वाह गरिसकेका छन ।

नेपाल आलेम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले डा प्रधानलाई विदाई गर्दै यो नेपालका लागि अत्यन्तै गौरबको विषय भएको बताए । भविष्यमा डा. प्रधानलाई जस्तै अन्य नेपाली चिकित्सकहरुले यस्तै निमन्त्रणा पाउन सक्ने उनले बताए । उनी विहिबार जर्काता तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close