जापानीज आलोम्पियनले दिए नेपाली खेलाडीलाई प्रशिक्षण

काठमाडौ, १९ साउन
नेपालको म्याराथन खेललाई थप सुदृढ गर्न जापानीज ओलोम्पियन युरिको नाकामुराको उपस्थितीमा नेपाल ओलोम्पिक कमिटीले शनिबार एक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

२००८ चिनमा सम्पन्न ओलोम्पिक खेलमा सहभागी नाकामुराले सो अबसरमा नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।

सन २०२० मा जापानमा आयोजना हुने ओलोम्पिक खेलमा नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिने बारे नेपाल र जापानको तामुरा शहर बिच भएको सम्झौताको लगतै दोश्रो दिन यो प्रशिक्षण आयोजना गरिएको हो ।

शनिबार सम्पन्न कार्यक्रममा तामुरा शहरका उपमेयर नाओयुकी कावागौसी, एथ्लिट्स सोसाइीका महासचिब डा.सोको आओकी र नेपाल ओलोम्पिक कमिटीका कार्यकारी सदस्य निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको थियो ।

सो अबसरमा नेपाली प्रशिक्षक तथा खेलाडीहरुलाइ लगनखेल स्थित नेपाली सेनाको मैदानमा शारिरिक व्यायाम लगाएत अन्य महत्वपूर्ण कुराहरुको ज्ञान समेत दिइएको थियो ।

जापानमा २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्नका लागि जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close