नेपालको ऐतिहासिक जित, नेदरल्याण्ड्सलाई १ रनले जित्यो

पोखरा, १८ साउन ।
नेपालले आफ्नो एक दिवशिय यात्राको दोश्रो खेलमा नेदल्याण्ड्स माथी १ रनको जित दर्ता गर्दै एैतिहासिक जित दर्ता गरेको छ । जित संगै नेपालले नेदरल्याण्ड्स संग दुइ खेलको श्रृखंला पनि बराबरी गरेको छ । खेलको नतिजाका लागि नेपाललाई अन्तिम बल सम्म कुर्न प¥यो ।

नेदरल्याण्ड्स आफ्नै होम ग्राउण्डमा २ सय १५ रन अल आउट भयो । नेपालले खेललको ५० औं ओभरको अन्तिम बलमा कप्तान पारसले क्लासिनको बिकेट लिंदै नेपाललाई ऐतिहासिक जित दिलाए ।

नेपालले नेदरल्याण्ड्सलाई दिएको २ सय १७ रनको लक्ष्यको करिब नजिक पुगे पनि स्पिनर सन्दिप लामिछानेले महत्वपूर्ण ३ बिकेट लिए पछि दबाबमा परेको थियो । सन्दिपले १० ओभरको स्पेलमा ४१ रन दिएर ३ बिकेट लिएका थिए ।

नेपालका लागि सोमपाल कामीले आफ्नो बलिङको पहिलो ओभरको दोश्रो बलमानै शून्यमा आउट गर्दै नेदरल्याण्ड्सका स्टेफेन मेवर्गलाई पेविलयन पठाएका थिए । त्यस पछि नेदरल्याण्ड्स केही सम्हालिएर खेलेको थियो ।

नेपालका लागि ललित भण्डारीले २, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १–१ बिकेट लिएका थिए । नेदरल्याण्ड्सका लागि विस्ली बेरेसीले ८९ बलमा ७१ रन जोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close