तेक्वान्दो पदक विजेता अस्ट्रेलियामा सम्मानित

काठमाडौं, १८ साउन ।
गोल्ड कोस्ट ओपनमा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी अस्ट्रेलियामा सम्मानित भएका छन् । शुक्रबार अस्ट्रेलियामा आयोजित एक कार्यक्रममा न्यु साउथ वेल्समा रहेको नेपाली दुतावासका कन्सुलर दीपक खड्काले सम्मान गरेका हुन् ।

गत २८ र २९ जुलाईसम्म भएको ९ औँ गोल्ड कोस्ट ओपनमा नेपालका लागि पदक विजेता सितु सिंह मास्के, अभिनव शाक्य र यनचेङ शेर्पा तथा प्रशिक्षकद्वय कुमार लामा घिसिङ र कविराज नेगी लामा सम्मानित भएका हुन् ।

पदक विजेता तेक्वान्दो टोलीलाई कन्सुसलर दीपक खड्का र गुठी अस्ट्रेलियाका सल्लाहकारले बधाई दिँदै सम्मानपत्र प्रदान गरेका थिए ।

अभिनवले पुम्से र ग्यरोगीमा स्वर्ण जित्दा सितुले ग्यरोगीमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितका थिए । यनचेङले पुम्सेमा मात्र सहभागिता जनाउँदा स्वर्ण पदक जितेकी थिइन् ।

सो अवसरमा कन्सुलर खड्काले विदेशमा स्वर्ण जित्दै नेपालको नाम उचो राख्ने खेलाडी देशको गहना रहेको बताए । खड्काले भने ‘तपाईहरुले यहाँ पाउनु भएको सफलतामा धन्यवाद दिन चाहन्छु । साथै आभर व्यक्त गर्दछु । आगामी दिनमा पनि सोही किसिमको नतिजा प्राप्त गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close