नेपालले सम्हालिएर व्याटिङ ग¥यो, नेदरल्याण्डसलाई २ सय १७ रनको लक्ष्य

पोखरा, १८ साउन ।
नेपाल र नेदरल्याण्डस बिचको दोश्रो तथा अन्तिम खेलमा नेपालले सम्हालिएर व्याटिङ गर्दै ४८.५ ओभरमा २ सय १६ रन बनाएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले घरेलु टिमलाई २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाली टिमका कप्तान पारस खड्का ५१ रन र सोमपाल कामीले ६१ रनको पारी खेले पछि नेपाल केही बलियो स्थितीमा देखिएको छ ।

पहिलो विकेटका लागि नेपालले ज्ञानेन्द्र मल्ल र शुबाष खकुरेलको जोडीले २९ रनको पार्टनरशिप म्याच खेलेको भए पनि तेश्रो बिकेटका लागि अनिल शाह भने ४ रनको व्यक्तिगत स्कोरमानै आउट भए ।

ज्ञानेन्द्रले २४ बलमा २ चौकाका साथ १३ रन जोडेका थिए । सुवासले ३३ बलमा ३ चौकासहित १९ रनको पारी खेले । कप्तान पारसले इनिङ सम्हाल्ने क्रममा अर्धशतक पुरा गर्दै ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए । यसै गरि ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्कासहित ६१ रन बनाए ।

खेलमा दीपेन्द्रसिंह ऐरी १९, आरिफ शेखले १६, सन्दीप लामिछानेले ८, रोहित पौडेलले ६, बसन्त रेग्मीले १ रन र ललित भण्डारी अविजित ४ रन बनाए ।

नेदरल्याण्ड्सका लागि फ्रेड क्लासिनले ३, पियटर सिलार र माइकल रिपोनले २–२ बिकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close