
पोखरा, १६ साउन ।
नेपालले पहिलो आफ्नो एक दिबशिय डेब्यू म्याचमा नेपालले नेदरलेण्ड संग ५५ रनले पराजित भएको छ । नेदरलेण्डले दिएको १९० रनको लक्ष्य पछ्याउँदै नेपाल ४१.५ ओभरमा १३९ समेटिएको हो । डेब्यू खेलमा पराजित भए पछि नेपाल इतिहास बनाउन बाट चुकेको छ ।
ओपनर जोडी ज्ञानेन्द्र मल्ल र अनिल शाहको जोडीले १२.२ ओभरमा ५८ रनको साझेदारी गरे पनि अनिल निजी २१ रनमा आउट हुने बित्तिकै नेपालको ब्याटिङ लाइनअपले खासै चमत्कार देखाउन सकेन ।
उप कप्तान ज्ञानेन्द्रले ६१ बलमा ५१ रनको अर्धशतकिय पारी खेले पनि मध्यपंक्ति जम्न नसक्दा नेपालको इतिहास रच्ने सपना सकिएको छ ।
ब्याटिङ लाइनअपका सुरुका चार जना व्याट्स्म्यानहरु बाहेक अन्यले दोहोरो अंक नै बनाउन सकेनन ।
ज्ञानेन्द्रलाई साथ दिन मैदानमा आएका कप्तान पारस खडका आफ्नो निजी १२ रनमा नै पियटर सिलारको बलमा माइकल रिप्पोनको हातमा क्याच थमाए । पारस आउट हुँदा नेपालको स्कोर ८५ थियो ।
पारस पेबिलियन फर्किने बित्तिकै अन्य खेलाडी नेदरलेण्ड बलरको सामु टिक्न सकेनन । आरिफ शेख, बसन्त रेग्मी र सोमपाल कामी, करण केसी डेब्यू म्याचमा शुन्यमा नै आउट भए ।
दिपेन्द्र सिंह ऐरीले ४८ बलमा एक छक्का र दुइ चौकाको मद्धतले ३३ रन बनाएर एकहद सम्म पारी सम्हाल्न प्रयास गरे पनि फ्रेड क्लासिनको बलमा विकेट किपर स्कट एडवार्डको हातमा क्याच थमाए ।
नेपाललाई १३९ रनमा समेट्न क्लासिन, रिप्पोन र सिलारले ३–३ बिकेट लिएका थिए भने विजली बारेसीले १ बिकेट लिए ।