
काठमाडौ, १६ साउन ।
एसियन च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली राष्ट्रिय फुटभली टिमलाई बुधवार एक कार्यक्रम का विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा विदाइ गरेका छन ।
फुटभली सङ्घ केन्द्रीय अध्यक्ष मनिष जोशी, महासचिव बद्री भट्टराई लगायतका खेलकर्मीहरुले खेलाडीहरुलाइ शुभकामना दिदै सफलताको कामना गरेका थिय ।
थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपाली टोलीको नेतृत्व प्रिया लक्ष्मी कार्कीले गरेकि छन भने व्यवस्थापकमा सृष्टि काफ्ले रहेकि छन ।
प्रतियोगितामा खेलाडीहरु सागर श्रेष्ठ ,विजय श्रेष्ठ , बुद्ध डङ्गोल , आदर्श डङ्गगोल रहेका छन । एक साता सम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका १९ राष्ट्रहरु सहभागी हुने सङ्घका महासचिव भट्टराईले बताएका छन ।