भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान

काठमाडौं, १६ साउन ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

एसियाडअन्तर्गतग भारोत्तोलनतर्फ पुरुषमा ८ र महिलामा ७ गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले भने पुरुष÷महिलमा समान २–२ गरी ४ स्पर्धामा सहभागिता जनाउने छ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । कमल १० औं सागका स्वर्णधारी तथा विकास १२ औं सागका रजत विजेता हुन् ।

त्यस्तै महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ७५ केजीमा १२ औं सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिने छन् । चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल रहेका छन् ।

टोली थाइल्यान्डमा चोनबुरी स्पोर्ट्स स्कुलमा अगष्ट १७ तारिखसम्म प्रशिक्षणरत रहनेछ । अगष्ट १८ मा टोली इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाड अन्तर्गत भारोत्तोलन अगष्ट २० देखि १७ तारिखसम्म चल्नेछ । ७३ दिनको विशेष बन्द प्रशिक्षणपछि भारोत्तोलन टोली शनिबार नेपालगन्जबाट काठमाडौं आइपुगेको हो ।

१९८२ मा भारतमा भएको एसियाली खेलकुदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसएता एक पटक १९९४ मा जापानको हिरोसिमा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छैन ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close