नेपाल ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

पोखरा, १६ साउन ।
नेपालले बुधबार ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका लागि मैदानमा उत्रने भएको छ ।

अन्तर्र्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्ड बिरुद्ध तय भएको दुई खेल मध्ये पहिलो खेलमा नेपाल मैदानमा उत्रने भएको हो ।

नेपालले चार वर्षका लागि एक दिवशिय मान्यता पाए पछिको यो पहिलो खेल हो । खेल एमस्टेलभिन स्थित भिरा क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउसो २ बजेर ४० मिनेटमा सुरु हुने छ ।

यो ऐतिहासिक दिनलाई यादगार बनाउन नेपाल जितको खोजीमा रहेको कप्तान पारस खडकाले बताउँदै उच्च मनोबलका साथ खेल्ने बताएका छन । यस अघि अभ्यास खेलका लागि लण्डन पुगेको नेपाली टिमले टि–ट्वान्टी र केही अभ्यास खेल खेलेको थियो ।

१९८८ मा आईसीसीको सदस्य बनेको नेपालले १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ को मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

२००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ बाट सुरु भएको यात्रा आठ वर्षपछि नेपालले ठूलो फड्को मारेको छ ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी ललित नारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close