एनएफबिएफ मिष्टर पोखरा साउन १९ मा, तयारी पुरा

पोखरा, १५ साउन ।
कास्की बोडी बिल्डिङ संघले आफ्नो संस्था स्थपानाको पछि पहिलो पटक पोखरामा ‘एनएफबीएफ प्रथम मिष्टर पोखरा २०७५’ आयोजना गर्ने भएको छ ।

पोखरा सभागृहमा आयोजना हुने उक्त प्रतियोगितामा ‘एनएफबीएफ प्रथम मिष्टर पोखरा’को आवश्यक तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ ।

प्रदेश गण्डकी र प्रदेश नं ५ स्तरिय उक्त प्रतियोगितामा विभिन्न जिम क्लबहरुका करिब ७७ जना खेलाडी हरुको सहभागिता रहने संघका सचिब दिपक बास्तोलाले जानकारी दिएका छन ।

संघका अध्यक्ष राजकुमार थापाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने पाउने छन । ओभरअल प्रतिस्पर्धाका विजेताले टाईटलसहित नगद ५० हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाका अनुसार प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीले नगद १० हजार पाउने छन् । समूहमा दोस्रो हुनेले नगद ७ हजार र समूहगत तेस्रो हुने खेलाडीले नगद ५ हजार पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close