
काठमाडौं, १४ साउन ।
नेपाल बेसबल सफ्ट्बल संघको तत्वाधानमा जापानको मात्सुवा सहरमा हुने World children Baseball fair 2018 मा सहभागी हुन पाँच जना नेपाली १२ बर्ष मुनिका बेसबल खेलाडीहरु जान लागिरहेको छ।
विश्वका ३३ वटा देशको सहभागिता रहने उक्त कार्यक्रममा सहभागीलाई एक कार्यक्रमका बिच संघका महासचिव दीप न्यौपानेले बिदाइ गरे।
उक्त टोलिको नेतृत्व संघका सचीव बिपिन बज्राचार्यले गरेका छन साथै पाँच जना सहभागी १२ बर्ष मुनिका खेलाडीमा कुनाल केसि, बादल राना, किस्मत केसि, अनिकेत सिल्पकार, युनिस लगाएत छ्न ।
दसदिने कार्यक्रममा सहभागी हुन टोली मंगलबार प्रस्थान गर्दैछ ।