नेपाली बास्केटबल टोली बंगलादेश जाने

काठमाडौं, १४ साउन ।
बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ ।

खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् ।

प्रमुख प्रशिक्षकमा विनोद बुढाथोकी, सहायक प्रशिक्षकमा राजकुमार तामाङ, व्यवस्थापकमा रोहित डंगोल तथा अफिसियलमा लुम्बिनी एकेडेमीका प्रबन्ध निर्देशक एवं प्रिन्सिपल रविनचन्द्र कोइराला र निर्देशक युवराज मैनाली रहेका छन् ।

टोलीलाई ईपी एजुकेसनल कन्सल्टेन्सीले पोशाक प्रायोजन गरेको छ । प्रतियोगिता अगष्ट २ देखि ५ तारिखसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close