
पोखरा, १४ साउन ।
अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य लाल बहादुर ज्वारचन (एलबी) लाई थप उपचारका लागि आइतबार काठमाडौ लगिएको छ । उनी फिसटेल अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
उनी गत साउन ११ गते काठमाडौ बाट स्याङजा आउने क्रममा धादिङ स्थित तुम्लिङटारमा उनी चढेको बस दुर्घटनामा परेको थियो । उनलाई एन्फा केन्द्रले केन्द्रिय सदस्यमा मनोनयन गरिेपछि आफ्नो मनोनयनपत्र बुझ्न काठमाडौ गएका थिए ।
उनलाई थप उपचारको लागि काठमाडौ स्थित त्रिबी शिक्षण अस्पतालमा भर्ना गरिएको प्रदेश सांसद मोहन रेग्मीले बताएका छन । उनी खतरा मुक्त रहेको स्वास्थ्य सुधारन्मुख रहेको सांसद रेग्मीले बताए ।
उनलाई लिएर एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पनि संगै काठमाडौ गएका थिए । अध्यक्ष गुरुङले पनि एलबी खतरामुक्त रहेको बताएका छन ।
एकै दिन चार अस्पताल घुमाइयो
पोखरा बाट करिब १ सय ३० किलोमिटर टाढा बाट ल्याइएका बिरामी एलबीलाई एकै दिन पोखराका अस्पतालले चार वटा अस्पताल घुमाए ।
घटनास्थल बाट उनलाई सुरुमा सोझै पृथ्वीचोक स्थित जिएमसी अस्पताल ल्याइएको थियो । जिएमसीमा सिटी स्याक्न विग्रको भनिए पछि मनिपाल शिक्षण अस्पताल पु¥याइयो ।
मनिपालमा घाउको डे«सिङ गरियो । मनिपालमा समेत सटी स्यक्यान विग्रेको भने पछि फिसटेल पु¥याइयो । फिसटेलमा सिटी स्याक्न गरियो । चिकित्सकको सल्लाह बमोजिम फेरी पनि सिटी स्याक्न गर्नु पर्ने भनिए पछि उनलाई फिसटेल नै भर्ना गरियो ।
चिकित्सकले उनको चोटको अवस्था बुझ्न एमआरआई गर्नु पर्ने बताए । फिसटेलमा एमआरआई नभएको भन्दै उनलाई पोखरा न्यूरोड स्थित पोखरा डायगोनिष्ट सेन्टरमा पु¥याइयो । यसरी एकै दिन चार अस्पताल घुमाइयो ।
सुन्दा नै उदेक लाग्दो प्रदेश राजधानीको स्वास्थ्य संस्थाहरुमा देखिएको चरम लापरवाहीको अवस्था देखेर यति बेला सबै आश्चर्यचकित भएका छन । ‘यति ठूलो शहरमा यति धेरै अस्पतालहरु प्रविधिमा कमजोरी देखिएपछि प्रदेश सरकारले यस बारे चासो दिनु पर्ने कुरा सरोकार वालाहरुले औल्याएका छन ।
प्रदेश सभामा ध्यानकर्षण
पोखरामा खेलिएका ठूला अस्पताल देखि निजी अस्पतालमा देखिएको चरम लापरवाहीको भएको भन्दै गण्डकी प्रदेशको संसदमा समेत साँसद राजिब पहारीले संसदको ध्यानकर्षण गराएका छन ।
सांसद राजिब पाहरी प्रदेश अस्पतालहरुमा सिटी स्याक्न र एमआरआइ जस्ता सामान्य कुराहरु नहुँदा बिरामीले सास्ती खेप्नु परेको संसदमा ध्यनाकर्षण गराएका हुन ।