अस्ट्रेलिया गोल्ड कोस्ट ओपन तेक्वान्दोमा सितु र अभिनवलाई स्वर्ण

काठमाडौं, १३ साउन ।
सितु सिंह मास्के र अभिनव शाक्यले अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

आइतबार क्यारेरा इन्डोर स्टेडियममा भएको सातौं गोल्डकोस्ट ओपनको दोस्रो दिन सितुले फाइटतर्पm कलर बेल्ट ४६ केजीमुनि स्वर्ण जितेकी हुन् । सितुले फाइनलमा अस्ट्रेलियाकी एमि लिलाई १२–३ को स्कोरले हराउँदै सहजै स्वर्ण आफ्नो बनाइन् ।

सितुले पहिलो दिन कांस्य जितेकी थिइन् । सेमिफाइनलमा भने सितुले न्युजिल्यान्डकी ग्रेस फिटजालेनलाई हराउँदै फाइनलको यात्रा तय गरेको प्रशिक्षक कुमार लामा घिसिङले जानकारी दिए ।

अभिनवले आइतबार कलर बेल्टकै ४७ केजीमुनिको फाइनलमा अस्ट्रेलियाका ट्रोए विलियम्सलाई ९–४ को स्कोरले हराउँदै स्वर्ण जितेकी थिए । त्यसअघि सेमिफाइनलमा अभिनवले जर्मनका ट्रिटन सासलाई स्तब्ध बनाउँदै स्वर्णको यात्रा तय गरेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । अभिनवले शनिबार पुम्सेमा स्वर्ण जितेका थिए । आइतबार नेपालले थप ३ स्वर्ण जितेको छ । फाइटमा पुरुष ४५ केजीमुनि विधान श्रेष्ठले स्वर्ण पदक जित्न सफल भए ।

५१ केजी तौलसमूहमा पनि दीपेस खत्रीले नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको प्रशिक्षक बब्लु सिवाकोटीले जानकारी दिए । महिलातर्पm १२औँ सागमा रजत पदक विजेता रेजिना कार्कीले ब्रेकिङले स्वर्ण जित्न सफल भएको प्रशिक्षक विशाल रायमाझीले जानकारी दिए ।

शनिबार रेजिनाले फाइटमा कांस्य जितेकी थिइन् । पुरुषकै ६३ केजी तौलसमूहमा सरमुला मियाँले रजत पदकमै चित्त बुझाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close