
पोखरा, १३ साउन ।
पोखरा २५ हेम्जा स्थित विष्णु पादुका माध्यमिक विद्यालयले स्वर्ण महोत्सबका अबसरमा कास्की जिल्ला अन्तर विद्यालय स्तरिय सेभेन ए साइड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
साउन १४ गते बाट हुने उक्त सेभेन ए साइडमा प्रतियोगितामा २० विद्यालयको सहभागिता रहने विद्यालयले जनाएको छ । प्रतियोगितामा १६ वर्ष मुनीको खेलाडीले मात्रै खेल्न पाउने नियम विद्यालयले बनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार र दोश्रो हुने टिमलाई नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका अध्यक्ष दुर्गादत्त पौडेलले जानकारी दिएका छन ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।
उक्त सेभेन ए साइडका लागि सम्पूर्ण प्राविधिक सहयोग कास्की जिल्ला फुटबल संघ एन्फाले गर्ने र एन्फाकै नियम अनसार खेलाइने भएको एन्फा कास्कीका महासचिब रमेश कार्कीले बताए । प्रतियोगितामा सहभागिताका लागि टिम वापत दर्ता शुल्क ५ हजार रुपैंया आयोजक विद्यालयले तोकेको छ ।
विद्यालयले यहि भदौ ३ गते देखि ५ गते सम्म विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव मनाउने भएको हो । विक्रम सम्वत २०२५ सालमा स्थापना भएको उक्त विद्यालयमा करिव ५ सय विद्यार्थी अध्ययन गरिरहेका छन ।