
पोखरा, १२ साउन ।
सहारा हङकङ्गले हङकङ्गमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्र्तगत साताको बिदाको दिनहरुमा ११ वर्ष उमेर समुह देखि फुटबलमा रुची राख्नेलाई युबाहरुलाई मध्येनजर गर्दै सहाराले यस्तो कार्यक्रम सुरु गरेको हो ।
जुलाई २७, २०१८ बाट सुरु गरिएको यो कार्यक्रमले बिदेशमा बस्ने नेपाली लगाएत अन्य युबाहरुलाई फुटबल खेलमा आर्कषित गर्न र उनीहरुको प्रतिभामा थप निखारता ल्याउन सहयोग पुग्ने सहारा हङकङ्गका अध्यक्ष दिपक गुरुङले बताए ।
पहिलो चरणको प्रशिक्षण कार्यक्रम अगस्त ११, २०१८ सम्म जारी रहने प्रशिक्षक बिल तामाङले बताएका छन । तामाङ एफसी फुटबलका बि लाइसेन्स तथा भारत एनआइएस बाट समेत प्रशिक्षकको सर्वोत्कृष्ट अंकमा उत्र्तिण गरिसकेका छन । उनले विगतमा सहारा क्लबको प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन ।
सहारा हङकङ्गले फुटबलको प्रशिक्षण सुरु गरे पछि हङकङ्ग स्थित जि स्र्पोट्स एकेडेमीले खेलकुद सामाग्री प्रदान गरको छ । उक्त एकेडेमीका निर्देशक एवम कार्यकारी अधिकृत हिम घलेले सहारा हङकङ्गका अध्यक्ष दिपक गुरुङ र प्रशिक्षक बिल तामाङलाई शंयुक्त रुपमा फुटबल लगाएत सामाग्री हस्तान्तरण गरेका हुन ।
प्रशिक्षण कार्यक्रम हङकङ्ग स्थित किङ जर्ज मेमोरियल पार्क र कोलुन पार्क फुटबल ग्राउण्डमा गरिने भएको प्रशिक्षक तामाङले बताएका छन ।