प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता सम्पन्न, पूर्व राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं १२ साउन ।
प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगितामा फाइनलमा उमेर समूह अन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन् । त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् । १८ वर्ष माथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

प्रतियोगितामा १ सय १४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । उनले यो कार्यक्रमलाई आगामी वर्षहरुमा अझ भव्यताका साथ अगाडी बढाउने बताएका छन् ।

विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कार सहित सम्मानपत्र वितरण गरेका छन् । उक्त अवसरमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ ।

सम्मानित खेलाडीको तर्फबाट पूर्व राष्ट्रिय भलिबल खेलाडी भरत शाहले आफ्नो राख्दै नेपालका पुराना खेलहरुलाई नेपाली आफैले जर्गेना गर्नुपर्र्नेे बताए ।

सम्मानित हुने अन्य खेलाडीमा विनोद कुमार दास, जीत बहादुर केसी, ममता चौधरी, सारादेवी तामाङ, आङ बाबु लामा लगायत रहेका छन् । सम्मानित हुने खेलाडीमध्ये दिपक महर्जन र दिपक बिष्ट विदेशमा रहेकाले अनुपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close