सहारा क्लबले आज पनि बाँड्यो बसपार्कमा राहत सामाग्री

पोखरा, सहारा क्लव पोखराले पोखरा ९ स्थित बसपार्कमा आज पनि राहत सामाग्री वितरण गरेको छ । खेलकुदको विकास संगै सामाजिक अभियानमा समेत सहाराले निकै सर्हानिय कार्य गरेको छ ।

कोभिड १९ का कारण विश्वव्पापी रुपमा बढीरहेको महामारी संग जुध्न नेपाल सरकारले विगत ११ दिन देखि लकडाउन गरे पछि दैनिक ज्याला मजदुरी गर्नेहरु र विपन्न वर्गकाहरु समस्यामा परेका छन ।

दैनिक छाक टार्न समस्या देखिएपछि सहाराले उनीहरुलाई लक्षित गर्दै राहत सामाग्री वितरण गरेको क्लवका कोषाध्यक्ष राजु लालचनले बताए । चार दिन देखि लगातार यस्तो राहत सामाग्री वितरण गरेको उनले बताए ।

पोखरा ९ स्थित पार्वती टोल, गणतन्त्र टोल, शिव टोल, कृष्ण टोल, सहारा टोल हुँदै आज वसपार्कमा राहत वितरण गरिएको क्लवले जनाएको छ । बसपार्कका १८ घर परिवारका ४९ जनालाई राहत वितरण गरिएको सह कोषाध्यक्ष विनु रानामगरले बताइन ।

कोभिड संक्रमणलाई ध्यानमा दिंदै क्लवले तिनजना सदस्यलाई यो कामको जिम्मेवारी सुम्पिएको थियो । क्लवका सदस्य सूर्य मगर र प्रकाश राना राहत वितरणमा सहयोग गरेका थिए । क्लवले १२७ घरका करिव ४७८ परिवार सदस्यलाई करिव ९० हजारको राहत सामाग्री वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close