छैठौ साउथ एशियन तेक्वान्दो बिजेता खेलाडी सम्मानित

काठमाडौं, १२, साउन ।
छैठौ साउथ एशियन आमन्त्रित (आईटिएफ) तेक्वान्दो प्रतियोगितामा नेपालकोतर्फबाट पदक प्राप्त गर्ने भक्तपुर निवासी खेलाडीलाई प्रमुख अतिथि सुर्य बिनायक नगरपालिकाका मेयर बासुदेब थापा, नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,माउण्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन,आयोजकका अध्यक्ष आशिष कार्कीलगायतले सम्मान गरेका थिए ।

ले खेलाडीलाई सम्मान गरेका छन् । भक्तपुरका खेलाडीले ७ स्वर्ण, ९ रजत र १५ कास्य हात पादै नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । शनिवार सम्मानित सोनी खड्काले दोहोरो स्वर्ण जितेकी थिईन् । बालकोट निवासी सोनीले महिला तेश्रो डान कालो पेटीको प्याट्रनतर्फ स्वर्ण जितेकी थिईन् ।

सोनी टिम स्पाईरिङमा पनि नेपाललाई स्वर्ण जिताउदा टिमकी महतवपूर्ण सदस्य थिईन् । त्यस्तै स्वर्ण पदक ल्याएर सम्मानित हुनेमा महिलातर्फ अभिना राई ,सबिना लामा र अनिषा कार्की रहेका छन् । त्यस्तै पुरुषतर्फ स्वर्ण ल्याएर सम्मान हुनेमा शिशिर राई र आशिष भुजेल रहेका छन् ।

भक्तपुर आईटिएफ तेक्वान्दो संघको आयोजनामा भएको कार्यक्रममा सम्मानित रजत बिजेता खेलाडीमा महिलातर्फ सबिना तामाङ,निलिमा सुनुवार,सरु धिमिरे,रुकमणी चौधरी,अभिना राई,सबिना तामाङ र स्वेता राई तथा पुरुषतर्फ मिलन धामीर निकेश भुजेल रहेका छन् ।

बालकोटको माउण्ड भ्यू स्कुलमा भएको कार्यक्रममा सम्मानित काँस्य बिजेता खेलाडीमा महिलातर्फ कृतिका कुवँर र पुरुषतर्फ अनुप भण्डारी,दिपेश किश्वर राई, रमेश भूजेल,बिमल खुलाल,स्पन्धन पोखरेल,इसान मैनाली,सजन श्रेष्ठ,दिलिप आलेमगर, सौरभ धिमिरे,निपु शर्मा र राज परिवार रहेका छन् । सौरभ धिमिरे,निपु शर्मा र राज परिवारले भने दोहोरो काँस्य जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close