
पोखरा, ११ साउन ।
धादिङमा भएको सवारी दुर्घटनामा नेपाल प्याराग्लाइडिङ संघका केन्द्रिय कोषाध्यक्ष मधुकर सुबेदीको दुखद निधन भएको छ ।
सुबेदी सहित सवार रहेको कारमा संघका महासचिब शैलेन्द्र राउत र प्याराग्लाइडिङका वरिष्ठ प्रशिक्षक सानुबाबु सुनार रहेका थिए । उक्त घटना शुक्रबार दिउसो बरिब १ः३० बजे तिर भएको बताइन्छ ।
उक्त घटनामा महासचिब राउत र प्रशिक्षक सानुबाबु भने सकुशल रहेको नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष एवम प्याराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराइले बताए । कार सडक बाट करिब ५० मिटर तल खसेको बताइएको छ ।
धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतबाट कार त्रिशुलीमा खसेको बताइएको छ । कार त्रिशुलीमा खसेपछि महासचिब राउत र सानुबाबुलाई स्थानियले त्रिशुली बाट शकुसल उद्धार गरे पनि सुवेदीलाई बचाउन नसकिएको स्थानियलाई उधृत गर्दै भट्टराइले बताए ।
हाल सुबेदीको शब गजुरी अस्पतालमा राखिएको र भोली पोखरा ल्याउने ना का महासचिब बसन्तराज दवाडीले बताए ।
१८ औं एशियाली खेलकुदमा खेलाडीलाई इण्डोनेशिया पठाउन प्याराग्लाइडिङको अफिसियल टोली बुधबार काठमाडौं गएको थियो ।