
कठमाडौं १० साउन ।
प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शुक्रबार सुरु भएको छ । काठमाडौंको बसुन्धारा स्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको राष्ट्रिय बाघचाल प्रतियोगिताको उद्घाटन वरिष्ठ खेलाडी वैकुण्ठ मानन्धरले गरेका छन् ।
उद्घाटन कार्यक्रममा मानन्धरले नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अन्य यस्तै खेलहरुको खोजी गरी मुलधारमा ल्याउनुपर्ने बताए ।
उनले भने, बाघचालजस्तै अन्यमौलिक खेलहरुलाई प्रवद्र्धन गर्न राज्यले पनिविशेष ध्यानदिनुपर्छ । नेपालको सँस्कृति सँग जोडिएका खेलहरुको प्रचार प्रसार गर्नु पर्नेमा पनि उनले जोड दिएका छन् ।
बाघचाल प्रतियोगिताको पहिलो दिनमा प्रथम र दास्रो चरणका खेलहरु सकिएका छन् । कार्यक्रममा १ सृ १४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । यसमध्ये १८ वर्ष मुनिका १६ जना र १८ वर्ष माथिकापनि १६ जना तेस्रो राउन्डमा पुगेका छन् ।
तेस्रो राउन्डका रहेका खेलहरु शनिबार दिउँसो १२ बजेदेखि खेलाउने आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता पहिलो पटक भएको हो । यो प्रतियोगितामा १० वर्षका वालवालिका देखि ८० सम्मका वृद्धवृद्धाको सहभागिता रहेको छ ।
यता, शनिबार नै दिउँसो ४ बजे नेपाली खेल क्षेत्रमा विशेष योगदान पुर्याउने १२ जनापूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।