चिनको एजिलिटी द्वारा एनओसीलाई किट्स हस्तान्तरण

काठमाडौ, ९ साउन ।
चिनियाँ कम्पनी एजिलिटी हेल्थ एन्ड वेलनेस कोओपरेसनले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई किट्स प्रदान गरेको छ ।

एजिलिटीकाका अध्यक्ष अल्फ्रेड चानले एनओसी अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठलाई सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच शुक्रबार किट्स हस्तान्तरण गरे । गत अप्रिल १८ तारिखमा दुई पक्षबीच भएको सम्झौता बमोजिम किट्स हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका किट्समा ट्रयाकसुट, जुत्ता, मोजा, ब्याग, टिसर्टलगायत छन् । अध्यक्ष श्रेष्ठले किट्सले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीको पहिरनमा एकरुपता कायम गर्ने बताए । उनले अगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै एजिलिटीका प्रतिनिधिहरुलाई प्रशंसा पत्र प्रदान गरी धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close