
काठमाडौ, ११ साउन ।
पाको नेपाल क्योकुसिन कराते संघले वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई शुक्रबार सम्मान गरेको छ ।
संघद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक सेमिनारको समापनका अवसरमा चित्रकारलाई सम्मान गरिएको हो ।
चित्रकारसंगै मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, एभिन्युज टेलिभिजनका क्याराम्यान रविन्द्र श्रेष्ठ, १४ पटक सगरमाथाको सफल आरोहण गरेका लाक्पा गेल्बु शेर्पालगायतलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । तीनदिने सेमिनारमा १ सय जनाको सहभागिता रहेको संघले जनाएको छ ।