दुर्घटनामा परेका एन्फाका केन्द्रिय सदस्य ज्वारचन खतरामुक्त

पोखरा, ११ साउन ।
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य लाल बहादुर ज्वारचन शुक्रबार भएको बस दुर्घटनामा खतरामुक्त रहेको जनाइएको छ । उहाँलाई उपचारका लागि मनिपाल लगिए पनि पछि थप उपचारका लागि फिसटेल हस्पिटल भर्ना गरिएको छ ।

एन्फा स्याङजाका निवर्तमान अध्यक्ष एवम सहरा क्लब पोखराका सदस्य समेत रहेका ज्वारचन शुक्रबार उहाँ यात्रा रिरहेको बस दुर्घटनामा परेको थियो ।

काठमाडौ देखि स्याङजाको वालिङ तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार उक्त घटनामा ७ जनाको मृत्यु भएको छ ।

ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रक सँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह १२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

बस दुर्घटनाका घाइतेको चितवन, धादिङ, पोखरा र काठमाडौंमा उपचार भइरहेको छ ।

चितवनमा ११ जना, पोखरामा ५ जना तथा धादिङ र काठमाडौंमा एक–एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। चितवन र धादिङमा उपचार गराइरहेको १२ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

तस्विरः शुर्दसन रजिंत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close