नेपालमा अष्टे«लियन फुटबल (फुटी) को विकासका लागि सहमति

साउन ११,पोखरा ।
अष्टे«लियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुई पक्ष विच पोखरामा सहमति भएको छ ।

अष्टे«लियामा रहि नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हायर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लव, हिमालयन लियोपार्ड फुटी क्लब बिच एक कार्यक्रमका विच सम्झौता भएको हो ।

इन्स्टिच्युटका नेपाल प्रतिनिधी स्टेफन होफम्यान र लियोपार्ड क्लवका अध्यक्ष डिल्ली कोइरालाले एक समारोहका विच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार इन्स्टिच्युटले आगामी कार्तिक महिना सम्म क्लवलाई झण्डै १ लाख बराबरको जर्सी सहयोग गर्नेछ भने क्लवले उक्त जर्सीमा इन्स्टिच्युटको लोगो प्रयोग गर्नेछ ।

त्यसैगरि यो खेलको विकासका लागि आगामी दिनमा दुवै पक्षले आपसमा सहयोग तथा सहकार्य पनि गर्नेछन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टेफनले अष्ट्रेलियाको लोकप्रिय खेल नेपालमा सञ्चालनार्थ सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।

कार्यक्रममा बोल्दै लियोपार्ड क्लवका सल्लाहकार समेत रहेका अष्ट्रेलिया–नेपाल अर्गनाइजेशनका अध्यक्ष प्रोफेसर डा.दामोदर प्रसाद पोखरेलले नेपालमा यो खेलको विकासका लागि काठमाण्डौ, पोखरा र उदयपुरमा समितिहरु गठन गरिने बताए ।

अर्का सल्लाहकार नारायण पहारीले यो खेललाई प्रचार–प्रसार र व्यापक बनाउन विद्यालय स्तरमा कार्यक्रमहरु सञ्चालन गरिने बताए । उनले अष्ट्रेलियामा मात्रै झण्डै एक लाख बढि नेपाली रहेको जानकारी दिंदै अब फुटी खेलले अष्ट्रेलिया र नेपाललाई जोड्न थप मद्धत पु¥याउने औल्याए ।

क्लवका सल्लाहकार तथा पोखरा होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले पोखरामा फुटी मार्फत खेल पर्यटनको विकास गर्न सकिने जनाए । कार्यक्रममा क्लवका सचिव रामचन्द्र कोइरालाले आफ्ना धारणा राखेका थिए ।

झण्डै ६ महिना अघि नेपाल भित्रिएको यो खेल कास्की जिल्ला खेलकुद विकास समितिमा क्लवका रुपमा दर्ता गरिएको छ । मेवा आकारको यो बल खेल्न हात र खुट्टा दुबैको प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close