पोखराका बिशाल र बिधान कर्पाेरेट ब्याडमिन्टनको अन्तिम चारमा

काठमाडौ, १० साउन ।
प्रदेश नम्बर चार पोखराका बिशाल बस्नेत र बिधान अधिकारीको जोडी अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताकोे अन्तिम चारमा पुगेका छन् ।

बिशाल र बिधानको जोडीले त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र राम राईको जोडीलाई २१–८, २१–१५ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

यसै गरि प्रतियोगितामा बिपक्षी खेलाडी उपस्थित नहुदा बिभागीय टोली एपिएफका दीपेश धामी र बिजित थापा मगरको जोडी प्रतियोगिताको पुरुष युगलतर्फ सहजै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दीपेश र मगरको जोडीसँग प्रतिस्पर्धा गर्ने प्रदेश नम्बर चारका बिशाल खड्का र भुगोल गुरुङको जोडी उपस्थित नभएपछि अघिल्लो जोडीलाई बिजयी घोषणा गरीएको हो ।

उनिहरुसँगै भारतका जुम्ल्याहा दाजुभाई जोडी रञ्जन र अञ्जन बुरागोहइ, बाँकेका रियाज अन्सारी र इर्फान अन्सारीको जोडी पनि प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् ।

भारतका जुम्ल्याहा दाजुभाईको जोडीले बंगलादेशका मोहम्मद सलमान खान र प्रबोल हुसेन तालुक्दारलाई २१–१४, २१–११ ले पराजित गर्दा रियाज र इर्फानको जोडीले सिल्कका गणेश रायमाझी र बिश्वास नेपालको जोडीलाई २१–२३, २१–१७, २१–१८ को कठिन सेटमा पराजित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close