नेपाली तेक्वान्दो टोली अस्ट्रेलिया प्रस्थान

काठमाडौं, १० साउन ।
शनिबारदेखि अस्ट्रेलियामा सुरु हुने गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो टोली बिहीबार त्यसतर्पm प्रस्थान गरेका छन् ।

कुल ५ सदस्यीय नेपाली टोलीको नेतृत्व काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङले गर्नेछन् । आगामी २९ जुलाईसम्म हुने प्रतियोगिताको टिम व्यवस्थापकमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

उक्त च्याम्पियनसिपमा सितु सिंह मास्के र अभिनव शाक्यले पुम्से र ग्यरोगी दुवै विधा तर्पm चुनौती प्रस्तुत गर्नेछन् । जुनियरतर्पm सितुले ४० केजीमूनि तौलसमूह र अभिनवले पनि ४० केजीमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् ।

यङचेन शेर्पाले जुनियर पुम्सेतर्पm प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई ह्वाइटफिल्ड स्कुलका भाइस प्रिन्सिपल पारस श्रेष्ठ र समाजसेवी अन्जना सिंह मास्केले विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close