तुलसीपुर नेपालकै पहिलो स्पोर्ट्स सिटी, पोखरा परेन

काठमाडौं, १० साउन ।
दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्ट्स सिटी घोषणा गरिएको छ ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, स्थानिय खेलकुदका पदाधिकारीलगायतको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डले एक कार्यक्रमबीच तुलसीपुरलाई नेपालको पहिलो स्पोर्ट्स सिटी घोषणा गरे ।

राखेपले तुलसीपुरलाई स्पोर्ट्स सिटीका रुपमा विकास गर्न सम्भाब्यता अध्ययनका लािग कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिवेदन समेत तयार गरिसकेको छ । उक्त प्रतिवेदन मेयर पाण्डेलाई सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

यस अघि पोखरालाई देशकै पहिलो स्र्पोट्स सिटीका रुपमा घोषणा गर्ने भन्दै परिषदले भन्दै आएको थियो । यसको अध्ययनका लागि समेत केही दिन अघि मन्त्रालयको कार्यदल समेत बनाएर पठाएको थियो ।

कास्की जिल्ला बाट प्रतिनिधीत्व गर्ने मन्त्रि नै संघिय सरकारमा भएको अवस्थामा त्यसले मूर्त रुप पाउने कुरामा पोखरेली खेलप्रेमी समेत ढुक्क थिए । तर सरकारले पोखरालाई वाइपास गर्दै तुलसीपुरलाई घोषणा गरेको छ ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close